शुक्रबार, कार्तिक ९, २०८१
22:12 | ०२:५७

घरको चौथो तलाबाट लडेर एक जनाको मृत्यु

रासस अक्टोबर २४, २०२४

फाइल तस्बिर

काठमाडौं, कात्तिक ८–काठमाडौंको आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ घर भएका ४२ वर्षीय दिलबहादुर भुजेलको लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ आलोकनगरस्थित एक निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर भुजेलको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू