एनआरएनएद्वारा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित २३ परिवारलाई राहत वितरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक बार्हबिसे नगरपालिकाका बाढी पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ ।
बाढी तथा डुबानका कारण प्रभावितहरुलाई संघको तर्फबाट खाद्य सामग्री, लत्ताकपडा, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स लगायत वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात राहत वितरण गरिएको संघले जनाएको छ ।
यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।
उक्त अवसरमा अध्यक्ष डा बद्री केसीसहित उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, सचिव टीका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सल्लाहकार अतुल कोइराला, क्षेत्रीय उप–संयोजक अमेरिकाज पूर्णचन्द्र बानिँया, महिला क्षेत्रीय संयोजक इन्दिरा त्रिपाठी, यूरोप महिला संयोजक प्रसुना कँडेल, एनसीसी कम्बोडियाका अध्यक्ष लालसिंह खड्का, एनसीसी अष्ट्रेलियाकी सह–कोषाध्यक्ष रोजी पन्त तथा गैरआवासीय नेपाली अभियन्ता एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, अधिकृत कुनाल मिश्र लगायत थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५