मंगलबार, कार्तिक ६, २०८१
09:32 | १४:१७

वडा अध्यक्षलाई जिम्मेवारी दिएर यूके आएका साम्पाङको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

नेपाली लिङ्क अक्टोबर २०, २०२४

लन्डनस्थित हिथ्रो विमानस्थलमा मेयर साम्पाङ

लन्डन । वडा अध्यक्षलाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

अदालतले वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको छ । आइतबार उपप्रमुख आइन्द्रबिक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजलासले प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उपमेयर बेघा कार्यकक्षमा हुँदाहुँदै नाताले मामाससुरा पर्ने वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर साम्पाङ १७ अक्टोबर राती यूके आएका छन् । धरानको चिन्डेडाँडामा सुम्निमा र पारुहाङ मूर्ति स्थापनाका लागि आर्थिक संकलनसहित अन्य विभिन्न कार्यक्रमका लागि मेयर साम्पाङ बेलायत आएका हुन् ।

उनी २ नोभेम्बरमा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू