मंगलबार, कार्तिक ६, २०८१
09:31 | १४:१६

इजरायली प्रधानमन्त्री निवासलाई निशाना बनाएर ड्रोन हमला

रासस/एएनआई अक्टोबर १९, २०२४

तस्बिर एएफपी

तेल अभिभ (इजरायल), कात्तिक ३ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमला भएको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा नेतन्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोन इजरायलको हवाई सुरक्षा प्रणालीले खसालेका थिए ।

इजरायल र हमासबीच द्वन्द्व चलिरहंदा इजरायली प्रधानमन्त्री नेतान्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भनेका छन् “यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।”

इजरायलले हमास प्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिन्वारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उनले यस्तो टिप्पणी गरेका हुन् । इजरायली रक्षा बलले बिहीबार सिन्वार र अन्य दुई आतङ्ककारी इजरायलले मारेको खुलासा गरेको छ ।

नेतान्याहुले हमासले हाल गाजामा १०१ जनालाई बन्धक बनाएको खुलासा गरेका छन् जसमा इजरायलसहित २३ वटा विभिन्न देशका नागरिक छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू