शुक्रबार, कार्तिक २, २०८१
18:44 | २३:२९

सन्दीपले पाए अमेरिकाको भिसा

नेपाली लिङ्क अक्टोबर १८, २०२४

काठमाडौँ। अन्ततः नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो ।

क्यानले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले भिसा पाएको जानकारी गराएको हो ।

प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीप शुक्रबार साँझ नै अमेरिका प्रस्थान गर्दैछन्।

भिसा पाएसँगै सन्दीप अमेरिकामा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न अमेरिका जाने बाटो खुलेको छ । भिसा नपाएकै कारण उनी क्यानडाबाट नेपाल फर्किएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू