बुधबार, असोज ३०, २०८१
09:53 | १४:३८

प्राकृतिक विपद् पीडितलाई गेसो र जनप्रगतिशील मञ्च यूकेको सहयोग

नेपाली लिङ्क अक्टोबर १४, २०२४

लन्डन । असोज दोश्रो साता नेपालमा अविरल वर्षापछि आएको बाढी पहिरो पीडितहरुका लागि गेसो र नेपाल जनप्रगतिशील मञ्च यूकेले संयुक्त रुपमा सहयोग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) आवद्ध मञ्च यूके र गेसोका तर्फबाट गेसो सभापति कृष्णकुमार राईले सोमबार तीन लाख रुप
यां बराबरको अत्यावश्यक उपभोग्य सामग्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरे ।

पीडितलाई २५० थान सिरक प्रदान गरिएको सभापति राईले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य एवं अन्तर महादेशीय प्रवास, प्रदेश समितिको सह इन्चार्ज समेत रहेका राईले विपदको घडीमा ज्यान गुमाउने सम्पूर्ण मृतात्माको चीर शान्तिको कामना गर्दै श्रद्धान्जलि अर्पण गरेका छन् । उनले शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै समवेदना समेत प्रकट गरेका छन् ।

विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू