बुधबार, असोज ३०, २०८१
09:53 | १४:३८

नर्थहोल्ट टेन के रनमा धरान मेयर साम्पाङ र ओलम्पियन बैकुण्ठ मानन्धर पनि

नेपाली लिङ्क अक्टोबर १४, २०२४


लन्डन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेपाली खेल जगतका एक विशिष्ठ धरोहर ४ पटकका ओलम्पियन एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर ‘नर्थहोल्ट टेन के रन’ मा सहभागी हुने भएका छन् ।

लन्डन नर्थला पार्क नर्थहोल्टमा २७ अक्टोबर बिहान हुन लागेको नर्थहोल्ट टेन के रनमा मानन्धर र मेयर साम्पाङ ‘गेष्ट अफ अनर’ का रुपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत (एनएनआइपीए) का अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले जनाए ।

लन्डनमा नेपाली समुदायले गर्ने यो रन प्रख्यात छ ।

मानन्धर यही इभेन्टका लागि १७ अक्टोबरमा लन्डन आइपुग्ने कार्यक्रम छ ।

नेपाल रन यूके आयोजक रहेको उक्त दौडमा करिब ३५० जनाले भाग लिनेछन् । सोही दिन केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ पनि हुंदैछ । दौडमा दर्शकसंख्या उल्लेख्य रहने आयोजकको अपेक्षा छ । रनको प्रमुख प्रायोजन ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले गरेको छ ।

उता, धरान समाज यूकेको निमन्त्रणामा मेयर साम्पाङ श्रीमति निर्मला लिम्बु र छोराका साथ १७ अक्टोबर अपरान्ह यूके आइपुग्ने कार्यक्रम छ ।

चिन्डेडाँडामा सुम्निमा र पारुहाङ मूर्ति स्थापनाका लागि आर्थिक संकलनसहित अन्य विभिन्न कार्यक्रमका लागि मेयर साम्पाङ यहाँ आउन लागेका समाजले जनाएको छ । उनको पहिलो कार्यक्रम १९ अक्टोबर शनिबार ग्रयाण्ड बर्सटिन होटल फोकस्टनमा राखिएको छ ।

साम्पाङले बेलायतमा रहंदा मेडवे काउन्सिल, फोक्सटन टाउन काउन्सिल, केन्ट काउन्टी काउन्सिल आदिमा स्थानीय जनप्रतिनिधिसंग भेटघाट गर्ने कार्यक्रम तय छ ।
आउंदो २ नोभेम्बरमा नेपाल फर्कनु अघि उनी आसफोर्डका प्रि एण्ड प्राइमरी स्कुल भ्रमण, युनिभर्सिटी अफ केन्ट, टुआरजिआर भ्रमण, किरात राई यायोख्या भवन र वेष्ट मिनिष्टरस्थित संसद भवन अवलोकन लगायत कार्यक्रम समेत रहेको समाजले जनाएको छ ।

धरान मेयरको यूके कार्यक्रम-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू