आइतबार, असोज २०, २०८१
13:03 | १७:४८

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

नेपाली लिङ्क अक्टोबर ६, २०२४

काठमाडौं, असोज २०– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

भदौ ३१ मा संवैधानिक परिषद् बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णग गरेसंगै असोज १६ गते संसदीय सुनुवाइ समिति बैठकले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि असोज १९ मा सकिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू