शुक्रबार, असोज १८, २०८१
12:24 | १७:०९

प्रभावशाली व्यक्तित्वमाझ बेलायतका तन्नेरीले शेयर गरे नयाँ सोच र अवधारणा

नेपाली लिङ्क अक्टोबर १, २०२४


लन्डन । बेलायतको नेपाली समुदायको तन्नेरी पुस्ताले प्रभावशाली व्यक्तित्वहरुमाझ व्यवसाय र उद्यमसम्बन्धि आफ्ना नयाँ सोच र अवधारणा शेयर गरेका छन्।

युवा प्रपर्टी व्यवसायी निक धिमाल र उनको टीमले आयोजना गरेको इन्सपाएर एक्स नामक बिजनेस इभेन्टलाई उनीहरुले नेटवर्किङ र अनुभव आदानप्रदानका लागि सदुपयोग गरे ।  

कार्यक्रमको आकर्षणका रुपमा नेपालबाट आएका अभिनेत्री मनिषा कोइराला, पूर्व मिस नेपाल श्रृंखला खतिवडा र नेपाली बैकिङ जगतका एक प्रभावशाली सिइओ अनिलकेशरी शाहले सम्बोधन गरेका थिए । 

विशेष वक्ताका रुपमा उनीहरुले आफ्नो सफलताका कथा मात्रै सुनाएनन्, तन्नेरी पुस्ताका नयाँ सोच र अवधारणा सुनेर हौसला पनि प्रदान गरे ।

सोही अवसरमा नेपाल फुडका सिइओ विकास नेपाल, प्रपर्टी व्यवसायी निक धिमाल र सर्ट लिज किङका रुपमा परिचित जेसन पिटरसनले पनि आफ्ना सफल अनुभवहरु सुनाएका थिए ।

बेलायतमा वर्षेनी आयोजना हुंदै आएको इन्सपायर एक्स नयाँ पुस्तालाई लक्षित तेस्रो बिजनेस इभेन्ट हो । जुन प्लेटफर्ममा उनीहरुलाई नेटवर्किङ, अनुभव आदानप्रदान र प्रोत्साहनको अवसर दिलाउने गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू