आइतबार, असोज २०, २०८१
14:29 | १९:१४

जिगेसाको दशैंतिहार शुभकामना कार्यक्रम, चर्चित कलाकारले गराए मनोरञ्जन

नेपाली लिङ्क अक्टोबर १, २०२४


लन्डन- ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन् एशोसिएसन (जिगेसा) ले नेपाली महान पर्वहरु दशैं तिहारको अवसरमा एक शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

आइतबार साउथ इष्ट लन्डनको वेलिङमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसंगै चर्चित कलाकारका विविध मनोरञ्जनात्मक प्रस्तुतिबाट मनोरञ्जन गरिएको थियो ।

जिगेसा अध्यक्ष हरिकुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लन्डन ह्यारोका पूर्व मेयर काउन्सिलर विष्णुबहादुर गुरुङ थिए ।

सो अवसरमा जिगेसा पूर्व अध्यक्ष एवम् आरजीएनएस अध्यक्ष लिलादेवी गुरुङ, साउथ इष्ट तमुधिं अध्यक्ष प्रेमकुमार लामा, डायमन्ड बुद्धिष्ट सेन्टर अध्यक्ष योगेश गुरुङ, पासा पुचः साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ, बेक्सली नेपाली समाज यूके अध्यक्ष डा हरिशकुमार ज्ञवाली, एनसिआई यूके अध्यक्ष मोहन गुरुङ, सुलभ श्रेष्ठ, राजेन्द्र खसलगायत अतिथिको उपस्थिति थियो ।

जिगेसा महासचिव गमबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष विष्णुमाया गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।

भाषणभन्दा मनोरञ्जनलाई बढी महत्व दिइएको कार्यक्रममा शुभकामना आदानप्रदानपछि विविध सांस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन लिइएको थियो ।


त्यस अवसरमा नेपालबाट आएका गायक राजन गुरुङ, चर्चित हास्य कलाकार पल्पसा डंगोल चम्सुरी र मोडल रुविना अधिकारीसहित अन्य स्थानीय कलाकारले पनि गीत, नृत्यसहितका मनोरञ्जनात्मक प्रस्तुति गरेका थिए ।

जिगेसा अध्यक्ष हरिकुमार मल्लले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै अतिथि, सहभागी एवम् आयोजक टीमका सदस्यलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सो अवसरमा हालै आरजीएनएस अध्यक्ष निर्वाचित जिगेसाकी पूर्व अध्यक्ष लिलादेवी गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

तस्विरः प्रकाश कंडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू