मंगलबार, असोज १५, २०८१
22:03 | ०२:४८

बेलायतमा काव्य सन्ध्या: सारङ्गी र टुंग्नाको धुनमा कविहरूले सुनाए कविता

नेपाली लिङ्क सेप्टेम्बर २९, २०२४


लन्डन । बेलायतको अल्डरसटमा ८ कविहरूले सारङ्गी र टुंग्नाको मधुर धुनमा कविता वाचन गरेका छन् । उनीहरुले एउटै मञ्चबाट २४ थान कविता सुनाए । 

पहिलोपटक भएको ‘काव्य-सन्ध्या’ कार्यक्रम नितान्त अनौपचारिक शैलीको थियो । अर्थात् कोही पनि सभापति वा अतिथि थिएनन् । दुईघन्टा चलेको कार्यक्रममा मात्र कविता वाचन र संगीतको प्रस्तुति गरिएको थियो ।

कविहरू खुपेन सुनुवार, काङमाङ नरेश राई, जीवन तिवारी, डा. सङ्गीता स्वेच्छा, डा. रूपक श्रेष्ठ, निर्भीकजंग रायमाझी, शान्ति लिम्बू तथा मुकेश राईले कविता सुनाउँदा संगीतकार रोशन महर्जनले सारङ्गी र टुंग्ना बजाइरहेका थिए ।

उद्घोषण तथा कविहरूलाई ‘मेन्टरिङ’ गर्ने काम भने साहित्यकार केदार संकेतले गरे ।


साहित्य संगालो, बेलायतको संयोजनमा आयोजित उक्त कार्यक्रमको अन्त्यमा डा. सङ्गीता स्वेच्छाको ‘रोजेज ओडिसी’, शान्ति लिम्बूको ‘कस्तुरी यात्रा’ र काङमाङ नरेश राईको ‘पानी पतिया’ कृतिहरूको विक्री तथा पुस्तक हस्ताक्षर समेत गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू