शनिबार, असोज ५, २०८१
03:10 | ०७:५५

पत्रकार महासंघ यूकेद्वारा फर्कन लागेका दूतावास कूटनीतिज्ञहरुको विदाई

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२४


लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले ४ वर्षे कार्यकाल सकेर नेपाल फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख (हाल कार्यवहाक राजदूत) रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपाललाई विदाइ गरेको छ ।

साथै दूतावासमा आफ्नो जिम्मेवारी सम्हाल्न भर्खर आएका तृतीय सचिव झुपलाल पुनको स्वागत सम्मान गर्‍यो ।

शुक्रबार सांझ लन्डनस्थित दूतावास भवनमा आयोजित एक कार्यक्रममा महासंघ बेलायत अध्यक्ष विमला सेनेले खनाल र नेपाललाई विदाइ तथा पुनको स्वागत गरिन् ।

अध्यक्ष सेनेले फर्कन लागेका डिप्लोम्याट्सहरुको भावी करिअरमा अझ प्रगति होस् भन्ने शुभकामना पनि दिइन् भने पुनको बेलायत कार्यकाल सफलताको कामना समेत गरिन् ।

दूतावास कूटनीतिज्ञहरुबाट महासंघले समाचार, सूचना संकलन, सम्प्रेषण तथा संस्थाका अन्य हरेक समारोहमा सहभागिता जनाइ पूर्ण साथ पाएको भन्दै सेनेले आभार व्यक्त गरेकी थिइन् ।

सो अवसरमा कार्यवहाक राजदूत खनाल र द्वितीय सचिव नेपालले आफूहरुको विदाई र बेलायत कार्यकालमा पत्रकारहरुले पूर्ण साथ दिएकामा आभार व्यक्त गरे ।


कार्यक्रममा शाखा अध्यक्ष सेने, उपाध्यक्ष शिव भण्डारी, सदस्यहरु गोमा राना, नगेन्द्र नेम्वाङ, वाचस्पति रेग्मी, केन्द्रिय प्रतिनिधि दूत पुन लगायत सहभागी थिए ।

अहिले दूतावास कर्मचारीहरुको टिम परिवर्तन हुने क्रममा छ । तृतीय सचिव गजेन्द्र राई र पुजन पाण्डे नेपाल फर्किसकेका छन् भने खनाल र नेपाल पनि छिट्टै फर्कने तयारी छ ।

उता, बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरेलाई संसदीय समितिले अनुमोदन गरिसकेको छ भने उपनियोग प्रमुख विपिन दुवाडी, द्वितीय सचिव उद्वव न्यौपाने र तृतीय सचिव वीर कुमार राय छिट्टै लन्डन मिसन आउंदै छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू