शनिबार, असोज ५, २०८१
01:00 | ०५:४५

कन्दरा ब्यान्डको ३२ वर्षे सांगीतिक उत्सव लन्डन ओटुमा

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२४

लन्डन । नेपालको स्थापित म्यूजिक ब्यान्ड ‘कन्दरा’ ले आफ्नो यात्राको ३२ औं वर्षगांठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यू लन्डन ओटुमा उत्सवका रुपमा मनाउने भएको छ ।

कन्दराले आफ्नो पहिलो ऐतिहसिक यूके कन्सर्ट आउंदो ४ जनवरी शनिबार लन्डनस्थित इन्डिगो दि ओटु एरिनामा गर्ने भएको हो ।

साथमा प्रतिभाशाली गायिका तृष्णा गुरुङ र कोल्याब ब्यान्डको समेत आकर्षक प्रस्तुति रहने आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ ।

आफ्नो कालजयी गीत संगीत र अहिले मातृभूमि नेपालको आन्तरिक पर्यटनको सम्वाहक बनि “पहिला घरदेश अनि परदेश” को नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता अनेकौं गीत उक्त कार्यक्रममा प्रस्तुत हुनेछन् ।


कन्दराले आत्मसात गरेको लोक पप धुनहरु आजपर्यान्त लाखौं शुभचिन्तक र दर्शक रोजाइमा छन् । आयोजकले नेपाली संगीत धरोहरको रुपमा रहेको कन्दरा ब्यान्डको यस ऐतिहासिक साँझको हिस्सा बनि नेपाली गीत-संगीत प्रवर्धनमा सरिक बन्न अनुरोध गरेका छन् ।

‘कार्यक्रमका लागि टिकट उपलब्ध हुनेछन् । आउनुहोस् संगै इतिहास रचौं र कन्दराको सांगीतिक यात्राको ३२औं वार्षिकोत्सव मनाऔं’-आयोजकको अपिल छ ।

आयोजक टिम

टिकट किन्न यहाँ क्लिक गर्नुहोस्  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू