शुक्रबार, असोज ४, २०८१
22:26 | ०३:११

खुला हुंदै नयाँ धरहरा

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२४

काठमाडौं। संविधान दिवसका अवसरमा बिहीबारबाट नवनिर्मित धरहरा सञ्चालनमा आउने भएको छ।

मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार बिहीबारबाट अस्थायीरूपमा धरहरा सञ्चालनमा ल्याउन लागिएको हो।

अहिले धरहरा चढ्नका लागि कुनै शुल्न नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ।

यसैबीच, उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहराको अवलोकन गरेका छन्। सो क्रममा उनले मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम समयका लागि निशुल्क धरहरा चढ्ने व्यवस्था गरिएको बताए।

उनले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्णरूपमा सञ्चालनको तयारी भएको जनाए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू