शुक्रबार, असोज ४, २०८१
22:26 | ०३:११

ञ्यूङ्ने ब्रतका लागि बेलायत आएका लामाद्वयलाई स्वागत

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२४

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बौद्ध अर्घौं सदनका लामा हर्कजंग घले र प्रदीप गुरुङलाई स्वागत गरेको छ ।

गत सोमबार १६ सेप्टेम्बर साँझ बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा गुरुहरुले लामाद्वयलाई स्वागत गरे ।

उनीहरु बीसीसी यूकेले आउंदो २ अक्टोबरदेखि ६ अक्टोबरसम्म आयोजना गर्न लागेको ञ्यूङ्ने ब्रतका लागि बेलायत आएका हुन् ।

उक्त स्वागत कार्यक्रममा बीसीसी यूकेका धर्म गुरु खेन्पो सेनाङ्ग, लोपेन नोर्बु, लोपेन दावा, बीसीसी यूकेका प्रमुख सल्लाहकार एवं ञ्यूङ्ने ब्रत संयोजक मेजर खुशीमान गुरुङ, बीसीसी यूकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङलगायत कार्यसमिति पदाधिकारी तथा आमाहरुको उत्साहजनक उपस्थिति थियो ।

बौद्ध धर्ममा ञ्यूङ्ने ब्रतको छुट्टै महत्व रहेकाले बीसीसी यूकेले यस अघि पनि त्यस्तो कार्य गरेको थियो । सो अवसरमा ञ्यूङ्ने ब्रतलाई सफलतापूर्वक सञ्चालनबारे कार्यसमिति, गुरु र आमाहरुबीच छलफल भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू