शुक्रबार, असोज ४, २०८१
19:26 | ००:११

यसरी मनाइयो इन्द्रजात्रा (फोटोफिचर)

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२४

काठमाडौं- काठमाडौं उपत्यकाको सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ।

विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्छन्। यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ।

रथ तान्ने क्रममा वसन्तपुरमा राष्ट्रपतिलगायत उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए। सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रयाद यादव, प्रधानमन्त्री केपी ओलीलगायतले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा अवलोकन गरेका थिए।

विभिन्न देवदेवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवदेवताको रथसँगै शहर परिक्रमा गरे । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू