बिहीबार, असोज ३, २०८१
16:51 | २१:३६

अनलाइन र युट्युबमा तथ्यहीन प्रचारबाजी नगर्न काउन्सिल अध्यक्षको चेतावनी  

रासस सेप्टेम्बर १६, २०२४

काठमाडौँ  । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हचुवा र तथ्यहीन प्रचारबाजीमा नलाग्न युट्युबहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष बस्नेतले नकारात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिन सबैलाई आग्रह गरे । सोमबार काउन्सिलमा आयोजित एक कार्यक्रममा उनले युट्युब र अनलाइन सञ्चार माध्यम हावा सूचनाको पछि लाग्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने समेत बताए । उनले भने, ‘सामाजिक सञ्जालको सदुपयोग भए देश बन्छ । हावा कुराको पछि लाग्नु, अफवाह र भ्रम फैलाउनु दुरुपयोग हो ।’

मिडियाको गलत प्रस्तुतिका कारण सिङ्गो समाजमा गलत भाष्य स्थापित भएको भन्दै काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रूपमा बहस चलाएको छ ।

काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशव्यापी बनाउने निर्णय भएको थियो । युट्युबसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो ।

प्रेस काउन्सिलले पछिल्लो समयमा एकपक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्प्रेषण गर्ने युट्युबसहितका मिडियालाई कानुनी कारबाही गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू