विदेशमा बस्ने नागरिकले मत दिन सक्ने व्यवस्था मिलाइने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा बस्ने नागरिकले पनि देशको निर्वाचनमा मत दिन पाउनुपर्ने बताएका छन् ।
काठमाडौँमा बुधबार आयोजित दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलन समुद्घाटन गर्दै उनले जुनसुकै ठाउँमा रहेका नागरिकले मत दिन पाउने व्यवस्था मिलाउन सरकारले प्रयास गर्ने बताए ।
उनले भने, ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ ।’
प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षा प्रतिबिम्बित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए ।
जनताको चाहना र अपेक्षा बमोजिम निर्वाचन प्रक्रिया सहज बनाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘बसाइँसराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश–विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५