एमालेले कांग्रेससंगको संविधान संशोधनको सहमति अघि बढाउने
काठमाडौं । नेकपा (एमाले) ले नेपाली कांग्रेससँग भएको संविधान संशोधनको विषयलाई अगाडि बढाउने भएको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि बसेको पोलिटब्युरो बैठकबारे सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताए ।
गौतमले भने, “संविधान संशोधनको बारेमा जति पनि कुरा उठे, यसका सन्दर्भमा संविधान पुनरवलोकन गर्ने र पुनरवलोकनको आधारमा कहाँ–कहाँ संशोधन गर्ने ? त्यहाँ संशोधन गरेर अगाडि बढाउने भन्ने विषयमा नेपाली कांग्रेससँग भएको सहमतिलाई कार्यान्वयन गरेर अगाडि बढाउँछौं ।”
उनले कांग्रेस–एमालेबिच भएको सात बुँदे सहमति अनुसार गठन भएको सरकारलाई निरन्तरता दिने र परिणाममा पुरयाउने बताए ।
उनले भने, “सरकारको सन्दर्भमा अहिले नेकपा (एमाले) र नेपाली कांग्रेस बिचमा भएका सात बुँदे सहमति अनुसार जुन सरकार बनेको छ, यो सरकारको निरन्तरता र यो सरकारलाई परिणाममा पुराउने । जुन उद्देश्यले यो सरकार गठन भएको छ, खासगरी मुलुकको आर्थिक अवस्थालाई एउटा लयमा फर्काउनका निम्ति भएका प्रयासलाई कमिटीले धन्यवाद दिएको छ ।”
गौतमका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले–कांग्रेसबिच सहमति गरेर स्थायित्व, स्थिरता, अर्थतन्त्र लयमा फर्काउने विषयमा जनतालाई आश्वस्त बनाइएको विषयमा जोड दिएका छन् ।
बैठकमा एमाले महासचिव शंकर पोखरेलले एमाले बलियो राष्ट्रिय शक्ति भए पनि निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५