बिहीबार, असोज ३, २०८१
17:19 | २२:०४

आइसिसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध

नेपाली लिङ्क अगस्ट २८, २०२४

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष समेत रहेका शाहले आगामी डिसेम्बर १ तारिखदेखि आइसिसीको कार्यभार सम्हाल्नेछन् ।

आइसिसीका अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि अध्यक्षमा शाह एकमात्र उम्मेदवार थिए ।

अध्यक्षमा चुनिएपछि उनले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई थप अगाडि बढाउने बताएका छन् ।

शाह सन् २०१९ मा बीसीसीआईको सचिव र सन् २०२१ मा एसीसीको अध्यक्ष बनेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू