एनआरएनए यूकेका अतिथिको मानमर्दन भएकोमा भर्त्सना
लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले हालै सम्पन्न आफ्नो एक कार्यक्रममा सहभागी अतिथिहरुको मानमर्दन भएकोमा दुःख व्यक्त गरेको छ ।
गत सोमबार अल्डरसटको एम्पायर हलमा आयोजित कार्यक्रमका क्रममा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत श्रीमती रोशन खनाल, संघका अन्तरराष्ट्रिय समन्वय परिषद अध्यक्ष डा बद्री केसीलगायतका अतिथिहरुको मानमर्दन हुने गरी एक समूहले अमर्यादित र अनुशासनहीन गतिविधि गरेकोमा संघले ध्यानाकर्षणसहित दुःख व्यक्त गरेको छ ।
अध्यक्ष हित काजी गुरुङ र महासचिव गोविन्द खरेलले बुधबार एक वक्तव्य जारी गर्दै संस्थाको गरिमा र प्रतिष्ठालाई कमजोर बनाउने नियतले भएका त्यस्ता अशोभनीय कार्यको कडा भर्त्सना गरेका छन् ।
‘लन्डनस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघको अन्तरराष्ट्रिय समन्वय परिषदजस्ता संस्थाप्रति एनआरएनए यूकेको सदैव उच्च सम्मान र श्रद्धा रहेको स्पष्ट पार्दै यी संस्थासंग विगतदेखि रहंदै आएको हाम्रो निकट सहकार्य र सद्भावपूर्ण सम्बन्ध आगामी दिनमा झनै सुदृढ हुंदै जाने विश्वास व्यक्त गर्दछौं’, वक्तव्यमा भनिएको छ ।
वक्तव्य: