आइतबार, पुष ७, २०८१
07:06 | १२:५१

क्रिकेटर लामिछाने बने बृज कन्सलटेन्सीको ब्रान्ड एम्बासडर

नेपाली लिङ्क अगस्ट २३, २०२४

काठमाडौं- क्रिकेटर सन्दीप लामिछाने बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लामिछाने र कन्सलटेन्सीबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको हो ।

सन्दीप दुईवर्षका लागि कन्सलटेन्सीको ब्रान्ड एम्बासडर रहनेछन् ।

‘बृजसँग सम्झौता हुँदा धेरै खुशी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, सम्झौतापछि लामिछानेले भनेका छन्।

कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए । साथै उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने अवसर पनि रहेको बताए ।

‘सन्दीप ब्रान्ड एम्बासडर पाउँदा कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई परिपुरक बनाउन पनि सहयोग पुग्ने आशा छ’- गिरीले भने ।

विदेश अध्ययनका लागि शैक्षिक परामर्श दिने बृज इन्टरनेशनलले काठमाडौंमा कमलादी, महाराजगन्ज र नयाँ बानेश्वर, पूर्वमा बिराटनगर, इटहरी, बिर्तामोड, धुलाबारी तथा भरतपुरबाट आफ्नो सेवा शुरु गरिसकेको छ भने नेपालगन्जमा छिट्टै शुरु गरिने बृज इन्टरनेशनलका अन्तरराष्ट्रिय निर्देशक महेश गिरीले जनाए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू