आइतबार, पुष ७, २०८१
08:18 | १४:०३

एक खेलअघि नै नेपाल साफ यु-२० फुटबलको सेमीफाइनलमा

नेपाली लिङ्क अगस्ट २०, २०२४

फाइल तस्विर

काठमाडौँ- नेपाल र बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार बंगलादेशले श्रीलंकालाई २–० गोलले हरायो । बंगलादेशको जितमा मिराजुल इस्लामले १८औँ र पिएश अहमद नोभाले खेलको अन्तिममा गोल गरे ।

यस नजितासँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । बंगलादेशको जितसँगै आयोजक नेपाल र बंगलादेश एक खेलअगावै अन्तिम चारमा पुगेका हुन् । दुई खेल हारेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

श्रीलंका पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो । अब बिहीबार हुने नेपाल र बंगलादेशको खेलले समूह विजेता टोलीको निर्धारण गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू