बेलायतका नेपालीलाई नेतृत्व तालिम दिंदै जंगलमा हिँडाइयो
लन्डन । ग्रेटर रसमुर नेपलिज कम्युनिटीले कारुणिक सहनशिलता नेतृत्व तालिम एवं नेचर वाक (जंगल हिँडाइ) सम्पन्न गरेको छ।
गत १६ अगस्ट शुक्रबार अल्डरसटस्थित डी लाउन्जमा बिहान ९:३० देखि दिउसो २ बजेसम्म कारुणिक सहनशिलता सामाजिक नेतृत्व तालिम भएको हो ।
उक्त तालिममा कम्युनिटीका अध्यक्ष मन गुरुङले सामाजिक नेतृत्वले संवेदनशील समयमा कस्तो भूमिका खेल्ने, नेतृत्व भनेको के हो र यसको किसिम तथा अहिलेको समयमा यसको आवस्यकताबारे उदाहरणसहित प्रस्तुत गरेका थिए ।
त्यसैगरि नेपालबाट आएका इन्टरनेशनल ट्रेनर एन्ड कोच इन्द्र गुरुङ र साइकोलोजिस्ट एवं इनर्जी हिलर राजी श्रेष्ठ गुरुङले समाजलाई घरसंग तुलना गरि घर राम्रो भएमात्र समाज राम्रो हुने उल्लेख गर्दै घर र समाजको सन्तुलनमा जोड दिए ।
समाजलाई कसरी योजनामूलक र रणनीतिक बनाउने भन्ने सम्बन्धमा पनि उनीहरुले चर्चा गरे ।
उनीहरुले अभ्यास, दिमाग, शरीरको रेखदेखदेखि सामाजिक नेतृत्वमा युवा सहभागिताबारे पनि प्रस्ट्याए।
उता, आइतबार १८ अगष्ट बिहान ७:३० बजे क्विन्स एभिन्यू कार पार्कमा जम्मा भइ नेचर वाक (प्राकृतिक हिँडाई) शुरु गरिएको थियो। नेचर वाकमा विभिन्न उमेर समूहका करिब ४० जनाले उत्साहजनक सहभागिता जनाए ।
कम्युनिटी अध्यक्ष मन गुरुङले कार्यक्रमबारे संक्षिप्त जानकारी दिएपछि मास्टर इन्द्र गुरुङ र राजी गुरुङले नेचर वाकको महत्त्व र सुरक्षाबारे दर्शाए । उनीहरुले स्टेप र पञ्चतत्वसंग कसरी अभ्यास गरिन्छ भन्नेबारे पनि जानकारी दिए।
पहिलो स्टेपमा इमोशनल ब्यागेजेज रिलिज गराइएको थियो भने दोस्रोमा सबैजना खाली खुट्टा हिँडे । तेस्रो स्टेपमा पानीमा खुट्टा राख्न लगाइएको थियो । चौथो स्टेपमा घामसंग सम्पर्क, पांचौमा सेतो प्रकाशमा ध्यान र छैटोमा रुखसंग अंकमाल गरि नेचर वाकबाट सबै फर्किए ।
वाक सकिएपछि कम्युनिटी अध्यक्ष गुरुङले सबैलाई धन्यवादसहित सहभागीहरुसँग प्रतिक्रिया लिएका थिए । सबैबाट राम्रो प्रतिक्रिया आएले आगामी दिनमा पनि यस्ता गतिविधि गरिने जानकारी अध्यक्ष गुरुङले दिएका छन्।
स्मरण रहोस् कम्युनिटीको आयोजनामा ताइची तालिम हप्ताको दुई दिन फार्नबोरो र अल्डरसटमा निशुल्क संचालन भइरहेको छ।
फार्नबोरोमा शनिबार र मंगलबार मूर पार्कमा बिहान ८ देखि ९: ३० बजेसम्म र अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा आइतबार र बुधबार बिहान ८ देखि ९:३० बजेसम्म संचालन भएको हो ।
उक्त कार्यक्रमलाई द नेशनल लोटरी फन्डले सहयोग गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५