मंगलबार, पुष ९, २०८१
00:30
|
०६:१५
परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग गरिन् शिष्टाचार भेट
नेपाली लिङ्क
अगस्ट १९, २०२४
काठमाडौं- भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन् ।
सोमबार साँझ नयाँ दिल्लीमा भएको उक्त भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाले सामाजिक सन्जालमार्फत जनाएकी छन्।
नेपालको परराष्ट्रमन्त्रीका रुपमा आफ्नो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा उनको छ ।
यसअघि राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गरेकी थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५