मंगलबार, पुष ९, २०८१
23:17
|
०५:०२
परराष्ट्रमन्त्री राणाले भेटिन् भारतीय समकक्षी एस जयशंकर
नेपाली लिङ्क
अगस्ट १९, २०२४
नयाँदिल्ली-भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो नयाँ दिल्लीमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री डा. राणाबीच भेटका क्रममा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो ।
मन्त्री डा. राणा यही भदौ ६ गते स्वदेश फर्कनेछिन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५