शनिबार, असोज ५, २०८१
04:02 | ०८:४७

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुयालाई  

नेपाली लिङ्क अगस्ट १७, २०२४

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् ।

अमेरिकादेखि आएकी तामाङले शनिबार आयोजित ग्राण्ड फिनालेमा  उपाधि  जितेकी हुन् । उनले नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गरेकी थिइन् ।

शनिबार बेलुका ७ बजेसम्म खुला गरिएको भोटिङमा दर्शकले दिएको भोटको आधारमा उनी विजेता बनेकी हुन् । विजेता तामाङले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे ।

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए ।

कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू