सोमबार, पुष ८, २०८१
14:31 | २०:१६

नेपाललाई बेलायतको १३ अर्ब आठ करोड अनुदान

नेपाली लिङ्क अगस्ट ८, २०२४

लण्डन  —बेलायतले नेपाललाई लैंगिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत १३ अर्ब आठ करोड रुपैयाँ अनुदान दिने भएको छ ।  

मन्त्रिपरिषद् बैठकले बेलायतबाट प्राप्त हुने लैंगिक तथा मानव विकास उपलब्धिलाई बढावा दिनेसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५८ करोड) र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५० करोड) अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ ।

बेलायत नेपालको प्रमुख विकास साझेदार हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू