सोमबार, मंसिर १०, २०८१
17:48
|
२३:३३
भारतमा संक्रमितको संख्या १५ लाख नाघ्यो
रासस-सिन्हवा
जुलाइ २९, २०२०
नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कूल संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि मृतकको जम्मा संख्या ३४ हजार १९३ जना पुगेको छ ।
सरकारी अधिकारीहरुका अनुसार भारतमा कोरोना भाइरस संक्रमितमध्ये ९ लाख ८८ हजार २९ जना निको भएर फर्किएका छन् ।
हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस संक्रमित अवस्थामा छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ