मंगलबार, पुष ९, २०८१
18:52 | ००:३७

बेलायतका साहित्यकार बजगाईंलाई नियात्रा पुरस्कार

नेपाली लिङ्क जुलाइ ३१, २०२४


लन्डन । बेलायतमा रहेर पनि नेपाली नियात्रा साहित्यमा अविश्रान्त कलम चलाउँदै नियात्रा विधालाई समृद्ध पार्न गरेको योगदानको उच्चसम्मान गर्दै कृष्ण बजगाईंलाई२०८० को ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ दिइने भएको छ ।

बजगाईंका नियात्रा, कथा, लघुकथा, बालकथा र हाइकु गरी डेढ दर्जन पुस्तकमध्ये पाँच ओटा ‘युङफ्राउ’, ‘उमिहोतारु’, ‘दाइबुचु’, ‘भायासाक्रा’ र ‘युरेसियाको स्पर्श’ नियात्रासङ्ग्रह प्रकाशित छन् । 

त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको स्नातक तहको नेपाली विषयको पाठ्यक्रममा उनका ४ वटा नियात्रा पढाई हुन्छ । 

उनका नियात्रामा त्रिभुवन विश्वविद्यालयबाट लघु अनुसन्धान र एम.ए. नेपालीमा शोध कार्य सम्पन्न भएको छ भने उनको नियात्रा लेखन र प्रवृत्तिका बारेमा पुस्तक समेत प्रकाशित भएका छन् ।

त्यसै गरी विनोद किरण नेपालीलाई ‘साहित्य सन्ध्या मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल पुरस्कार तथा सम्मान’, शिवनारायण पण्डित ‘सिङ्गल’लाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, सत्यदेवी खड्का अधिकारीलाई ‘साहित्य सन्ध्या–कृष्णचन्द–बालकुमारी पुरस्कार तथा सम्मान’ र सोइना दाहाललाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार’ २०८० प्रदान गरिने  छ । 

उक्त पुरस्कार तथा सम्मान भाद्र १ काठमाडौंमा प्रदान गरिने साहित्य सन्ध्याले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू