लन्डनमा पहिलो डांफे नकआउट ब्याडमिन्टन च्याम्पियनसीप
लन्डन । लन्डनमा पहिलो डांफे नकआउट ब्याडमिन्टन च्याम्पियनसीप भएको छ । डांफे ब्याडमिन्टन सोसाइटी वेष्ट लन्डनले गत २७ जुलाई शनिबार ब्रुनेल युनिभर्सिटीमा ओपन टुर्नामेन्ट गरेको हो ।
८ क्याटेगोरिजमा भएको उक्त प्रतियोगितामा मेन्स् सिंगल वीनर अरुण कुमार भए । उनले २०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र जिते ।
मेन्स डबल एड्भान्समा अरुण र सन्तोषले दुईसय पाउण्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरि, मेन्स डबल इन्टरमिडिएट क्याटेगोरिजको उपाधि साइकिरण र मनोभीले जिते । उनीहरुलाई १५० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र दिइयो ।
लेडिज डबलमा चेरी र जोइले उपाधि जितेर एकसय ५० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाए भने मिक्सड डबलमा सुदीप सेढाईं र मिरा राना गुरुङ वीनर भएर एकसय ५० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र जिते ।
भेट्रान डबल क्याटेगोरिजको उपाधि सकिल र जेवेलले जितेर एकसय ५० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र व्राप्त गरे ।
उता, सुपर भेट्रान डबल्स् उपाधि नरेन्द्र र केबीले जिते । उनीहरुले पुरस्कार स्वरुप १५० नगद, ट्रफी र प्रमाणपत्र पाए । त्यसैगरि, अण्डर १६ वीनर फाडिल राज भए । उनले ५० पाउण्डसहित ट्रफी र प्रमाणपत्र पाए ।
मेन्स् सिंगल रनरअप फरहान राजिफ भए भने मेन्स डबल एड्भान्समा रनर अप उपाधि फरहान र हाकिनले जिते । त्यसैगरि, मेन्स डबल इन्टरमिडिएट क्याटेगोरिजको रनर अप आनन्द र अल्बर्टले जिते ।
लेडिज डबलमा रनर अप मिसेल र अल्पा भए भने मिक्सड डबलमा इएना र सारा रनरअप भए ।
भेट्रान डबल क्याटेगोरिजमा रनर अप आनन्द र गजन भए । उता, सुपर भेट्रान डबल्सको रनरअप हिमाल र गजिन भए । त्यसैगरि, अण्डर १६ रनर अप भइन् सुमी । सबै रनरअपलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, ब्रिटेन, चीन, इन्डोनेसिया, जापान, बंगलादेश र मलेसियाका खेलाडीले समेत भाग लिएका थिए । आयोजकले प्रतियोगितामा करिब ४ सय सहभागी भएको जनाएका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स् यूके थियो भने कमान एण्ड को. चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स, नेपलिज सेन्टर हेज, रुबी एम्स्, गोर्खा कन्सट्रक्सन, भट्टी, म्यान वीथ भ्यान, सिक्सटीन फेदर्स लगायतले सह-प्रायोजन गरेका थिए ।
प्रतियोगिता हेर्न प्रमुख अतिथीका रुपमा हिलिङडन मेयर कोलिन सुलिभान, विशेष अतिथीहरु लन्डनस्थित नेपाली दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष चन्द्रशेखर लामा, यूके नेपाल ब्याडमिन्टन संघका अध्यक्ष अजित राई, एनआरएनए यूकेका प्रमुख संरक्षक डेभिड गुरुङ, काउन्सिलर विष्णु गुरुङ, नेपाल रन यूकेका संस्थापक सन्तोष राई, नेपाल बास्केटबल यूकेका अध्यक्ष रुपक गुरुङ, हिलिङडन गोर्खा नेपलिज कम्युनिटीका अध्यक्ष पूर्ण लिम्बु, हिलिङडन गोर्खा आमा समूहकी अध्यक्ष मिठीमाया राना, मिफ्रुङ वेम्लीका उपाध्यक्ष दीपक थापा मैथाने मगरसहित हिमालयन ब्याडमिन्टन क्लव, ह्यानवेल ब्याडमिन्टन क्लव, ग्रेटर रसमोर नेपलिज ब्याडमिन्टन संघ, वीन्चेष्टर ब्याडमिन्टन क्लव, नखीपोट ब्याडमिन्टन क्लव, यलम्बरहांग ब्याडमिन्टन क्लव, आइबीबीएफ यूके जस्ता क्लवका प्रतिनिधि पनि सहभागी थिए ।
डांफे ब्याडमिन्टन सोसाइटी वेष्ट लन्डनका अध्यक्ष लोकजित गुरुङले प्रतियोगिताका प्रायोजक, खेलाडी, अतिथीहरु लगायतलाई धन्यवाद दिएका थिए ।
औपचारिक कार्यक्रम सञ्चालन मिसेस नेपाल युनिभर्स २०१८ विजेता एवं लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठ र ए स्टारका मोर्गेज एड्भाइजर किशोर रानाले गरेका थिए । ओभरअल इन्चार्ज महेश निरौला थिए ।
ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका प्रवन्ध निर्देशक मीन दर्लामीले सामाजिक उत्तरदायित्व र स्वास्थ्य नै धन हो भन्ने मान्यता अनुरुप आफ्नो कम्पनीले नेपाली समुदायमा बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, फुटबल जस्ता खेलहरुमा प्रायोजन गर्दै आएको जनाए ।
कम्युनिटीलाई ‘इन्करेज’ गर्ने आफूहरुको उद्देश्य रहेको उनको भनाइ थियो ।
सोसाइटीका महासचिव महेश बानियाले सन् २०१८ मा लोकजित गुरुङले स्थापना गरेको सोसाइटीमा हाल उपाध्यक्ष कमान वाइवा, कोषाध्यक्ष सुनिल श्रेष्ठ र मिडिया म्यानेजर मिरा गुरुङ रहेको जनाए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५