बेलायतका लागि चन्द्रकुमार घिमिरे राजदूत सिफारिस
काठमाडौं- सरकारले बेलायतका लागि नेपाली राजदूतमा पूर्व सचिव चन्द्रकुमार घिमिरेलाई सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।
बेलायत (संयुक्त अधिराज्य) का लागि चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी, दक्षिण कोरिया डा. शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना सिफारिस भएका छन् ।
भारतका लागि नेपाली राजदूतमा भने शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ ।
उता, सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाएको छ ।
श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ ।
कुन देशमा कसको नाम सिफारिस ?
भारत– शंकरप्रसाद शर्मा
अमेरिका– लोकदर्शन रेग्मी
चीन– प्रा. डा. कृष्णप्रसाद ओली
संयुक्त अधिराज्य (बेलायत)– चन्द्रकुमार घिमिरे
जर्मनी– डा. शैल रुपाखेती
साउदी अरब– नरेशविक्रम ढकाल
इजरायल– प्रा. धनप्रसाद पण्डित
दक्षिण अफ्रिका– डा. कपिलमान श्रेष्ठ
दक्षिण कोरिया– डा. शिवमाया तुम्बाहाङ्फे
पोर्चुगल– प्रकाशमणि पौडेल
पाकिस्तान– रिता धिताल
अस्ट्रेलिया– कान्ता रिजाल
स्पेन- सनिल नेपाल
मलेसिया – नेत्रप्रसाद तिमिल्सिना
श्रीलंका- रामकृष्ण भट्टराई
डेनमार्क- सुम्निमा तुलाधर
कतार- रमेशचन्द्र पौडेल
रुस- जंगबहादुर चौहान
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५