मंगलबार, पुष ९, २०८१
18:57 | ००:४२

वेल्समा तीन दिने हाइक फर नेपाल, यसपटक झन् धेरै सहभागी

नेपाली लिङ्क जुलाइ २९, २०२४

लन्डन- बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन लक्ष्यसहित वर्षेनी हुंदै आएको ‘हाइक फर नेपाल’ यसपटक झन् भव्य र व्यापक बनेको छ ।

पोखरेली मञ्च यूकेको आयोजनामा गतसाता शुक्रबारदेखि आइतबारसम्म वेल्सको ब्रेकनमा सम्पन्न कार्यक्रममा विगतका वर्षका तुलनामा झन् धेरै सहभागिता भएको हो ।

आयोजक मञ्चका अध्यक्ष करम गुरुङले कार्यक्रममा तीन सय बढी सहभागी बनेको जानकारी दिए ।

‘सहभागीहरुको संख्या गत वर्षको तुलनामा झण्डै दोब्बर पुगेको छ’, उनले भने, ‘यताबाट वेल्स जाने एडल्टहरु मात्रै दुई सय बढी थिए । त्यसमाथि परिवारसंगै गएका बालबालिका र वेल्सकै स्थानीयसमेत जम्मा तीन सय जनाको सहभागिता रह्यो ।’

अध्यक्ष गुरुङले कार्यक्रम सफल पार्न योगदान गर्ने सम्पूर्ण हाइकर, सहयोगी संघसंस्था एवम् स्थानीय अतिथिलगायतलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘हाइक फर नेपाल’का सहभागीहरु तीन दिनसम्म आउटडोर क्याम्पिङ, सेल्फ कुकिङ, लाइभ म्यूजिक, डिजे शो लगायत मनोरञ्जनमा रमाएका थिए । शनिबार स्थानीय पिकहिलमा सामूहिक हाइकिङ गरिएको थियो ।

हाइकिङपूर्व स्थानीय विशिष्ट अतिथिसमेतको उपस्थितिमा एक शुभकामना कार्यक्रम भएको थियो ।

त्यसअवसरमा स्थानीय ब्रेकन काउन्सिलका मेयर काउन्सिलर जोन पावेल, हाइक फर नेपालका कोअर्डिनेटर मेजर खुशीमान गुरुङ ‘एमभिओ’, ब्रेकन धम्पुस ट्वीनीङ एशोसिएसनका अध्यक्ष काउन्सिलर डेभिड मेरेडिथ, वी वील राइज फाउण्डेसनका अन्तरराष्ट्रिय संयोजक मानप्रसाद गुरुङ, पूर्व राष्ट्रिय खेलाडीहरु राम गुरुङ र नील गुरुङ, साहित्यकार विक्रम गुरुङलगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू