बुद्धिष्ट गुम्बा रेडिङमा पत्रकारहरु सम्मानित
लन्डन- बुद्धिष्ट गुम्बा रेडिङ यूकेले नेपाल पत्रकार महासंघ यूकेको हालै नवनिर्वाचित विमला सेने नेतृत्वको कार्यसमितिलाई सम्मान गरेको छ ।
आइतबार बिहान रेडिङस्थित आफ्नै गुम्बामा एक कार्यक्रम गरि बधाई तथा सम्मान गरिएको हो ।
कार्यक्रममा पत्रकार महासंघ यूके नवनिर्वाचित अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इग्नाम,कार्यसमिति सदस्यहरु मिलन तमु, बाचस्पति रेग्मी र नगेन्द्र नेम्वाङलाई गुम्बाका मूल गुरु खेन् रिन्पोछे शिर लामा (थुव्देन येशे) ले खादा तथा गुम्बाको ब्याचसहित बधाई तथा शुभकामना दिए ।
यसैगरी एभेरेष्ट मिडियाका तेज गुरुङ र लन्डन नेपाल न्यूजका प्रकाश कंडेललाई पनि सम्मान गरिएको थियो ।
मूल गुरु तथा संस्थाका अध्यक्ष रि. इन्स्पेक्टर खेम बहादुर गुरुङले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
सम्मानका लागि बुद्धिष्ट गुम्बा रेडिङलाई धन्यबाद दिंदै नेपाल पत्रकार महासंघ यूकेकी नवनिर्वाचित अध्यक्ष सेनले गुम्बाले गर्ने हरेक क्रियाकलापलाई आफूलगायत महासंघको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘यस पवित्र स्थलमा बोलाएर नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्नुहुने अध्यक्षलगायत सम्पूर्ण गुम्बा परिवारप्रति कृतज्ञता व्यक्त गर्दछु’, उनले भनिन् ।
गुम्बाका अध्यक्ष रि. इन्स्पेक्टर खेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन महासचिव कमल गुरुङले संचालन गरेका थिए ।
कार्यक्रममा गुम्बाका मूल गुरु खेन् रिन्पोछे शिर लामा (थुप्तेन येशे), वरिष्ठ उपाध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्ष नरबहादुर गुरुङ, कोषाध्यक्ष मेजर रि. बुद्धिबहादुर गुरुङ, ट्रष्टी, पूजा कोअर्डिनेटरहरु लगायत आमा समूहकी अध्यक्ष उषा गुरुङ, मिना गुरुङ, कार्यसमितिका सदस्य, तमुधिंका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ लगायत व्यक्तिहरुको उपस्थिति थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५