लन्डनबाट फर्किएपछि भुवनले बोर्ड छाडे, कार्यकालमा १२ पटक विदेश भ्रमण
लन्डन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएको छ ।
मंगलबार (साउन ८ गते) उनको कार्यकाल सकिंदा केसी लण्डनमा थिए । थर्ड आईले आयोजना गरेको ‘नेपाली फिल्म फेस्टिबल लन्डन २०२४’ समापन समारोहका लागि वरिष्ठ अभिनेता केसीसहित दर्जन कलाकार बेलायत आएका थिए ।
०७९ असार पहिलो साता बोर्ड अध्यक्ष नियुक्त भएयता केसी अनेक विवादमा मुछिए । दुई बर्ष कार्यकालमा केसी १२ पटक अध्यक्षको हैसियतमा सरकारी पैसामा विदेश भ्रमणमा गएको विषय विवादित बन्यो ।
उनको नियुक्ति नै विवादमा पर्यो । बोर्ड अध्यक्ष हुन स्नातक उत्तिर्ण तथा उच्च नैतिक चरित्र हुनुपर्ने प्रावधान छ । तर, केसीको योग्यता भने प्लस टु मात्रै हो ।
त्यस्तै, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहमाथि चलचित्र ‘ड्रिम्स’को छायांकनको क्रममा यौन दुर्व्यवहार गरेको आरोप केसीमाथि लागेको थियो । यसैलाई लिएर उनको नियुक्तिविरुद्ध सर्वोच्चमा रिटसमेत परेको थियो ।
त्यस्तै, चलचित्रहरुको बक्स अफिस कलेक्शन, सेन्सर, चलचित्र क्षेत्रको नाम चयन, विदेशमा हुने महोत्सव र अनावश्यक बजेट विनियोजन गरेको भन्दै केसी चर्को आलोचनामा परेका थिए ।
प्रेमिका जिया केसीसँग कार्यकक्षमै रोमान्स गरेको, सरकारी गाडी दुरुपयोग लगायतका विषयमा उनी विवादमा तानिए ।
शुक्रबार उनले दुई वर्षमा गरेका कामकाजको फेहरिस्त सुनाएपनि विवादबारे भने मौन रहे ।
बोर्डको क्षेत्राधिकार साँघुरो भएको जनाउँदै उनले भने, ‘केही गर्नुपर्छ भनेर म बोर्डको अध्यक्ष बनेँ, तर यहाँ आएर थाहा भयो कि विकास बोर्डमा थोरैमात्रै अधिकार रहेछ ।’
केसीले सरकारको आँखामा चलचित्र क्षेत्र अझै नपरेको गुनासो पनि गरे । ‘यस क्षेत्रका लागि सरकारले चाहिँ के गर्यो त ?’, भने, ‘नेपाली चलचित्र क्षेत्र यहाँसम्म आइपुग्नुमा सरकारको योगदान शून्य छ ।’
केसी पदमुक्त भएसँगै नयाँ नेतृत्वका लागि विभिन्न कलाकारहरूले दौडधुप गरिरहेका छन् । एमालेनिकट दिनेश डिसी वा करिष्मा मानन्धरमध्ये एक जनाले नेतृत्व हात पार्न सक्ने चर्चा सिनेवृत्तमा छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५