सोमबार, माघ २१, २०८१
22:02 | ०३:४७

सौर्य एअरलाइन्सको जहाज दुर्घटना: १८ को मृत्यु

नेपाली लिङ्क जुलाइ २४, २०२४

काठमाडौँ- काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।

बुधबार बिहान उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए।

ती शव अहिले पोष्टमार्टमका लागि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्‍याइएको छ ।

सो विमानका चालकलाई भने जीवितै उद्धार गरिएको छ । जीवितै उद्धार क्याप्टेन मनीषरत्न शाक्यको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ। टाउकोमा चोट लागेका उनको अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गर्दा दुर्घटनामा परेको हो ।

(*यसअघि समाचारमा उल्लेखित मृतक संख्या अपडेट गरिएको छ – सं.)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू