नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई दिन बालुवाटार पुगे एनआरएनए प्रतिनिधि
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रतिनिधिले शनिबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार पुगी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको नेतृत्वमा बालुवाटार पुगेका एनआरएन अभियन्ताहरूले प्रधानमन्त्रीसँग करिब एक घन्टा अन्तरक्रिया गरेका थिए ।
सो क्रममा एनआरएन पूर्व उपाध्यक्ष डा. बद्री केसीले एनआरएन अभियानले सामना गरेको चुनौती, नेपालमा लगानी सहजीकरण, गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन लगायत विषयमा प्रकाश पार्दै सरकारको अग्रगामी भूमिकाका लागि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका निम्ति औधोगिक लगानीमा केन्द्रित हुन एनआरएनलाई आह्वान गरेका थिए ।
गैर आवासीय नेपाली नागरिकहरुका लागि संविधानले प्रदत्त गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजनका लागि आवश्यक ऐन परिमार्जन तथा संयुक्त लगानीको एनआरएन डेभलप्मेन्ट फन्ड संचालन गर्न आवश्यक निर्देशिका तुरुन्त जारी गर्ने प्रतिबद्धता ओलीको थियो ।
उनले वर्तमान सरकारबाट एनआरएनको स्वतन्त्रता सुनिनिश्चतता गर्न कुनै कसर बाँकी नराख्ने विश्वास पनि दिलाएका थिए ।
उक्त कार्यक्रममा डा. बद्री केसी, रोजिना प्रधान राई, अतुल कोइराला, हिराधन राई, भूषण घिमिरे, कृष्ण तिमिल्सिना, अर्जुनकुमार श्रेष्ठ, बिजन भट्ट, राजु अर्याल, केशव तिमिल्सिना, राजेन्द्र पुडासैनी, पर्शु बस्नेत लगायतको उपस्थिति थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५