नेपाली फिल्म फेस्टिबल समापनका लागि लन्डन आइपुगे चर्चित कलाकारहरु
लन्डन । थर्ड आईले आयोजना गरेको ‘नेपाली फिल्म फेस्टिबल लन्डन २०२४’ समापन समारोहका लागि नेपालबाट चर्चित कलाकारहरु बेलायत उत्रिएका छन् ।
शुक्रबार चलचित्र विकास बोर्ड अध्यक्ष तथा वरिष्ठ अभिनेता भुवन केसी, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, कलाकार-निर्देशक दिनेश डिसी, नायिका पूजा शर्मा, नायक प्रदीप खड्का, नायिका बेनिसा हमाल, डान्सर कविता नेपाली, अलिस कार्की, नरेन खड्का, अनिता चलाउने लगायत कलाकार लन्डन आइपुगेका हुन् ।
आयोजक थर्ड आईका निर्देशक विकास देवकोटाले शनिबार ग्रीनफोर्ड टाउनहलमा समापन समारोहको व्यापक तयारी भएको जनाए । सो अवसरमा नेपालबाट आएका कलाकारहरुले आफ्नो ‘परफर्मेन्स’ देखाउनेछन् भने अवार्ड समेत प्रदान गरिनेछ ।
गत ७ जुलाईमा वुलवीचमा शुरु महोत्सव अन्तर्गत पहिलो दिन र १४ जुलाईमा अन्तिम संस्कार, टुल्की, हल्कारा, प्रसाद-२ र सरिता गरि ५ वटा फिल्म देखाइएको थियो । विश्वभरका ८३५ र नेपाली २० वटा फिल्मले आवेदन दिएकामा उत्कृष्ट ५ वटा नेपाली फिल्म देखाइएको देवकोटाले जनाए ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म प्रवर्धन एवं कलाकारहरुको प्रोत्साहनका लागि महोत्सव गरिएको थर्ड आईले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५