लन्डन बर्न्टओकमा नेपालीका लागि सामुदायिक हल
लन्डन—नयाँ सामुदायिक हलको उद्घाटन गर्दै बर्न्टओक नेपाली समाज यूकेले आफ्नो २०औँ वार्षिकोत्सव मनाएको छ ।
गत शनिबार १४३ वाटलिङ कम्युनिटी सेन्टरमा एक भव्य समारोहबीच वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा लन्डन बरो अफ बार्नेटका मेयर टोनी भुरोउ, मेयरेस क्यारोलाइन भुरोउ, डेपुटी लेफ्टिनेन्ट मार्टिन रसेल, श्रीमती ब्रिजेट रसेल, सांसद डेभिड पिन्टो, काउन्सिलर सारा कन्भे उपस्थित थिए ।
उक्त अवसरमा समाजका लागि समाधिस्थल उपलब्ध गराउन भूमिका निर्वाह गरेका बर्नेट काउन्सिलका पूर्वडेपुटी मेयर लक्ष गुरुङ तथा सामुदायिक हल उपलब्ध गराउन सहयोग गरेका काउन्सिलर कमल गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बार्नेट बरोका मेयर टोनि भरो र अन्य अतिथिहरुहरुलाई नेपाली संस्कृति झल्किने पन्चेबाजाले स्वागत गर्दै पञ्चकन्याहरूले हातमा कलश बोकेर तथा आमा समूहका सदस्यज्युहरुले खदा ओडाएर अतिथिहरुलाई स्वागत सम्मान गरेको थियो।
सो लगत्तै बार्नेटका मेयर टोनी भरोले कम्युनिटीहलको प्लेकको पर्दा उठाएर समुद्घाटन गरे। त्यसपछि उनले सामुदायिक हलको अवलोकन पनि गरे । सोही अवसरमा काउन्सिलर कमल गुरुङ र मेयर टोनि भरोले बर्न्टओक नेपाली समाजको इतिहास लेखिएको प्लेकलाई पर्दा उठाएर समुद्घाटन गरे ।
मेयर टोनी भरो, समाजका अध्यक्ष खमिर जङ्ग गुरुङ, वाटलिङ कम्युनिटी सेन्टरका अध्यक्ष ह्यारी गिलिङ, काउन्सिलर लक्ष्य गुरुङ, काउन्सिलर कमल गुरुङ र हेन्डनबाट निर्वाचित सांसद डेविड पिन्टो डसचिन्स्कीले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम समुद्घाटन गरेका थिए ।
दीप प्रज्वलनपछि नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका साना भाइबहिनीहरूले नेपाली र बेलायतको राष्ट्रिय गीत गाएका थिए भने भूतपूर्व गोर्खा रिड बहादुर गुरुङ, योगराज गुरुङ र रनिज गुरुङले दुबै देशको झन्डा फहराएका थिए । नेपालबाट आएका कलाकार शिवदास गुरुङले राष्ट्रिय गीतमा साथ दिएका थिए ।
समारोहमा समाजलाई योगदान दिएका काउन्सिलरद्वय कमल गुरुङ तथा लक्ष्य गुरुङ एवं वाट्लिङ कम्युनिटी सेन्टरका अध्यक्ष ह्यारी गिलिङलाई अध्यक्ष गुरुङले सम्मान स्वरुप ताम्रपत्र प्रदान गरे । साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा मेयर टोनी भरो, वाट्लिङ कम्युनिटी सेन्टरका अध्यक्ष ह्यारी गिल्लिङ, उपाध्यक्ष हस्मुख हारिया, डेपुटी लेफ्टिनेन्ट मार्टिन रसेल एमबीइ र सांसद डेविड पिन्टोले शुभकामना सन्देशसहित आफ्नो मन्तव्य राखेका थिए ।
त्यस लगत्तै विश्वयुद्धम ज्यान गुमाएका लोकल हिरोहरूको सम्मानमा डेपुटी लेफ्टिनेन्ट मार्टिन रसेलले पपि फुल अर्पण गरे ।
सोही अवसरमा समाजका सदस्यहरुले आफूले गुमाएका आत्मीय व्यक्तिहरूको सम्झनामा फल र फूलको वृक्षरोपण गरेका थिए । ब्राजिलियन ग्रुपले मार्शल आर्ट प्रदर्शन गरे ।
कार्यक्रमको शुरुमा समाजका अध्यक्ष खमिरजंग गुरुङले सबै सहभागीलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन समाजकी महासचिव हेलिशा गुरुङले गरेकी थिइन्।
कार्यक्रमको दोस्रो भागमा भएको मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन समाजका सल्लाहकार भोला पनेरुले गरेका थिए । कार्यक्रममा नेपालको विविध संस्कृति, संस्कार, भेषभूषा झल्किने खालका प्रस्तुतिहरु थिए । सांस्कृतिक कार्यक्रमपछि रात्रीभोज साथै ‘राफल ड्र’ गरिएको थियो।
कार्यक्रम सफल बनाउन सहयोग र योगदान गर्ने स्थानीय र बार्नेट काउन्सिलका गन्यमान्य व्यक्ति र बार्नेट कम्युनिटी सपोर्ट ग्रुपलाई समाजले धन्यवाद दिएको छ ।
नयाँ समुदाय भवनले सांस्कृतिक, सामाजिक र शैक्षिक गतिविधिको केन्द्रको रूपमा सेवा गर्ने र त्यसले आपसी सम्बन्धलाई बलियो बनाउने समाजको विश्वास छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५