मंगलबार, पुष ९, २०८१
01:08 | ०६:५३

लन्डनमा एकै दिन नेपाल महोत्सव र फुटबल प्रतियोगिता गर्दै एनआरएनए यूके (भिडियो)

नेपाली लिङ्क जुलाइ १७, २०२४


लन्डन- गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आउंदो अगष्ट ३ तारिख लन्डन फेल्थाममा पहिलोपटक एनआरएनए महोत्सव र फुटबल प्रतियोगिता गर्ने भएको छ ।

नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्धनका लागि एनआरएनए नेपाल महोत्सव र बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ९ ए साइड एनआरएनए कप फुटबल प्रतियोगिता गर्ने तयारी भएको हो । 

फुटबल प्रतियोगितामा मेन, भेट्रान र लेडिज गरि कुल ४२ टिमले प्रतिस्पर्धा गर्दैछन् । 

‘बेलायतको नेपाली डायष्पोरामा पहिलो र दोश्रो पुस्ताबीचको दुरी बढिरहंदा हामीले दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्न गरेका छौं’- एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भने ‘हाम्रो कला, संस्कृति, भाषा, भेषभूषा, रहनसहन दोश्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरुको मातृभूमिसंगको नाता तोडिने चिन्ता छ । नेपाल महोत्सवमा हामी ति कुरा उजागर गर्ने छौं ।’ 


गाहामगरले नेपाली समुदायलाई एकै ठाउँमा ल्याउन प्रयत्न गरिएको जनाउंदै आफूहरुको कसैसँग प्रतिस्पर्धा नभएको पनि प्रस्ट्याए । इभेन्ट्सबारे जानकारी दिन आउंदो २८ जुलाई दिउसो अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्ने तयारी छ । 

अध्यक्ष गाहामगरले दुई इभेन्ट्स खर्चिलो पनि भएकाले नेपाली समुदायलाई व्यक्तिगत तथा संघसंस्थाका तर्फबाट सक्दो आर्थिक सहयोग गरिदिन पनि अनुरोध गरेका छन् । 

यदि इभेन्ट प्रायोजन वा चन्दा दिन इच्छा छ भने एनआरएनए यूकेलाई समयमै जानकारी दिन पनि उनले आग्रह गरे ।

अध्यक्ष प्रेम गाहामगरसँग नेपाली लिंकको भिडियो संवाद:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू