मंगलबार, पुष ९, २०८१
00:20 | ०६:०५

नेपाल फर्किए राजदूत आचार्य

नेपाली लिङ्क जुलाइ १४, २०२४


लन्डन —बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य आइतबार अपरान्ह नेपाल फर्किएका छन् ।

कतार एयरवेजमार्फत उनी पत्नी सुनिता र एक सहयोगीसहित नेपाल फर्किएका हुन् ।

राजदूत परिवारको विदाई गर्न दूतावास कर्मचारी हिथ्रो एयरपोर्ट पुगेका थिए । 

नेपाल सरकारले गत ६ जुनमा बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको झन्डै ५ सातापछि उनी नेपाल फर्किए ।

राजदूत आचार्य सन् २०२२ जनवरी अन्तिममा राजदूत नियुक्त भएका थिए । उनले ३१ मार्च २०२२ मा बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।

गत बिहीबार लन्डनस्थित दूतावास भवनमा आयोजित विदाई समारोहमा आचार्यले आफ्नो झण्डै अढाई वर्ष कार्यकालका विभिन्न उपलब्धिबारे अवगत गराएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू