मंगलबार, पुष ९, २०८१
01:16 | ०७:०१

आयरल्याण्डमा एक नेपाली बाटोमै ढलेर बिते, शव पठाउन समस्या

नेपाली लिङ्क जुलाइ १४, २०२४

लन्डन । रिपब्लिक आयरल्याण्डमा रहेका एक नेपाली युवाको आकष्मिक निधनपछि उनको शव नेपाल पठाउन समस्या भएको छ ।

काठमाडौं गोठाटार निवासी पुरुषोत्तम दाहालका छोरा ३९ वर्षीय सुमन बाबु दाहाल हिंड्दा हिंड्दै सेक्सन स्ट्रिट भन्ने ठाउंमा एक्कासी ढलेको देखेपछि बटुवाले एम्बुलेन्सलाई खवर गरि युनिभर्सिटी अस्पताल पुर्‍याउंदा उनको मृत्यु भइसकेको खवर प्राप्त भएको यूके रेडिङ निवासी समाजसेवी बालकृष्ण दाहालले जनाए ।

आमा बुवा र भाईको इच्छा अनुसार सुमनको मृत शरीर नेपाल नै पठाइदिन पहल भइरहेको छ । ‘डेड बडी’ नेपाल पठाउन कानूनी प्रकृयाका लागी फिओना माकुल, आइरिस भोलेन्टियर संस्था डोराज, एनआरएनए आयरल्याण्ड, आयरल्याण्डस्थित विभिन्न संघसंस्था र नेपाली समुदाय लागिरहेका छन् ।

यो प्रक्रिया खर्चिलो भएकाले आर्थिक सहयोग गरिदिन दाहालले अपिल गरेका छन् ।

स्वर्गीय दाहाल रिपब्लिक आयरल्याण्डको लिमरिक सिटीमा लामो समय देखि बसोबास गर्दै आएका थिए । अध्ययन सिलसिलामा आएर उनले आयरल्याण्डमा स्थायी बसोबास (पिआर) समेत लिएका थिए ।

सहयोगका लागिः

Bank Details:

Bal Krishna Dahal

Sort code-11 06 30

Ac. no- 11683563

Ref- Suman

सम्पर्क-

Bal Krishna Dahal

Reading, UK

Phone no. 07912783562

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू