बुधबार, पुष १०, २०८१
01:52 | ०७:३७

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

नेपाली लिङ्क जुलाइ ५, २०२४

काठमाडौँ, असार २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयअनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभाको असार २८ गते बस्ने बैठकमा विश्वास मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले) ले गत १७ असारमा गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर प्रधानमन्त्रीले संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका छन् ।

एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका ८ मन्त्रीले राजीनामा दिएका थिए ।

उता, जनता समाजवादी पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडीले पनि आज शुक्रबार राजीनामा दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू