बुधबार, पुष १०, २०८१
01:45 | ०७:३०

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत उत्तीर्ण

नेपाली लिङ्क जुन २७, २०२४

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सार्वजनिक नतिजा अनुसार २ लाख ४२ हजार ३१४ जना परीक्षार्थी फेल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर सो संख्याका विद्यार्थी नन ग्रेडेड अर्थात फेल भएको जानकारी दिएको हो । बोर्डका अनुसार उत्तीर्ण हुने विद्याथीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् ।

यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपी २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २०.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना  विद्यार्थी छन् ।

यसैगरी एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ट) दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ती विद्यार्थीहरूले स्तर वृद्धि परीक्षा दिने पाउने भएका हुन् ।

२०८० सालको एसर्ईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भएका थिए ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।

कसरी हेर्ने नतिजा ?

एसईईको नतिजा हेर्न राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np लगायत वेबसाइट प्रयोग गरेर हेर्न सकिनेछ ।

नेपाल टेलिकममार्फत एसएमएस र आईभीआर (१६०० सर्टकोड) मार्फत हेर्न सकिनेछ ।

यस्तै स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकमार्फत एसएमएसमार्फत क्रमशः सर्टकोटहरु ३४४५५, ३५००१, ३४९४९, ३१००३ प्रयोग गरेर हेर्न सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू