आइतबार, मंसिर ९, २०८१
18:43 | ००:२८

जुलियन लन्डन जेलबाट छुटेपछि अष्ट्रेलियाका प्रधानमन्त्री खुशी

रासस/एएफपी जुन २६, २०२४

क्यानबेरा, असार १२ गते । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजले बुधबार अमेरिकासँग भएको सम्झौताका कारण विकिलिक्सका संस्थापक जुलियन असान्जको लामो कानूनी संघर्ष समाप्त भएकोमा खुशी व्यक्त गरेका छन् ।

अमेरिकाको सपुर्दगी विरुद्ध लन्डनको उच्च सुरक्षा भएको बेलमार्स जेलमा पाँच वर्षभन्दा बढी समय बिताएपछि असान्ज आफ्नो गृह देश अस्ट्रेलिया फर्किएका छन् ।

अष्ट्रेलियाका ५२ वर्षीय नागरिक असान्जले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य सूचना प्राप्त र प्रसार गरेको अभियोग लगाइएको थियो ।

“म अत्यन्त खुशी छु । यो परिणाम अत्यधिक अष्ट्रेलियालीहरूले हेर्न चाहेको म विश्वास गर्दछु । असान्जको संलग्नता र गतिविधिको बारेमा सबैको फरक–फरक विचार छन् तर उनीहरू यस लामो कानुनी गाथाको अन्त्य भएकोमा र आफ्नो परिवारसँग पुनर्मिलन गर्न सक्षम भएकोमा खुसी हुनेछन्,” प्रधानमन्त्री अल्बानिजले संसदमा भने ।

अपिल सम्झौता अनुरूप बुधबार प्रशान्त महासागरमा अवस्थित उत्तरी मारियाना आइल्याण्डको अदालतले असान्जलाई षडयन्त्रसम्बन्धी एउटा मात्र मुद्दामा दोषी ठहर गर्दै तत्काल रिहा गर्ने आदेश दिएको छ ।

उनलाई अदालत पहिले नै जेलमा बिताइसकेको अवधिको सजाय सुनाएको हो । अदालतको फैसलापछि उनी स्वतन्त्र रूपमा आफ्नो देश फर्किएका छन् ।

‘‘असान्जको मुद्दाको समाधान धैर्य र दृढ कामको परिणाम हो र यस कामप्रति म गर्व गर्छु’’ अल्बानिजले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू