तेश्रो ए स्टार नेपलिज बास्केटबल लिगमा फेरि डिबीएस च्याम्पियन
लन्डन । नेपाल बास्केटबल यूकेद्वारा आयोजित तेश्रो ए स्टार नेपलिज बास्केटबल लिग डिबीएस हेजले जितेको छ ।
शनिबार लन्डन अक्सब्रीजस्थित ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा आयोजित फाइनलमा डिबीएसले ग्रीनफोर्ड नाइट्सलाई पराजित गर्दै दोश्रोपटक च्याम्पियन बनेको हो ।
११ हप्ताको लिग खेल र तीन साताको प्ले अफपछि भएको फाइनलमा डिबीएसले उल्लेखनीय कौशल र दृढ संकल्प प्रदर्शन गर्दै लिगमा आफ्नो प्रभुत्व जनायो ।
उक्त बास्केटबल लिग २१ जनवरीमा सुरु भइ १४ हप्तासम्म चलेको थियो । प्रतियोगितामा ११ टिम भिडेका थिए ।
प्रतियोगिताको फाइनल्स् र लिग दुवैमा ‘मोष्ट भ्यालुएवल प्लेयर’ आयुष सिंह भए ।
फाइनल खेलका विशिष्ठ अतिथीहरु लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, काउन्सिलर विष्णु गुरुङ, काउन्सिलर लक्ष्य गुरुङ, तमु समाज यूके संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, मगर संघ यूके अध्यक्ष सीता पुन, टाइटल स्पोन्सर ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका निर्देशक मीन दर्लामी लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा नेपालका पूर्व राष्ट्रिय खेलाडीहरुलाई खेलकुदमा पुरयाएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सम्मानित हुनेमा मनोज शेरचन, आयुष सिंह, विनोद श्रेष्ठ, अमिर घले र निर्मल गुरुङ थिए ।
त्यसैगरि, ह्वीलचेयर बास्केटबलमा उत्कृष्ट प्रदर्शन गर्ने ह्वीलचेयर खेलाडी दिपेश विश्वकर्मालाई विशेष सम्मान गरिएको संयोजक अंकित क्षेत्रीले जनाए ।
खेलाडीलाई हौसला प्रदान गर्न १३ हिमाल आरोहण गरिसकेका तेजन गुरुङ, कलाकारहरु आशिक गुरुङ र प्रदीप गुरुङ एवं आइजेन जस्ता सेलिब्रेटीहरु पनि उपस्थित थिए ।
उक्त लिगको मुख्य प्रायोजन ए स्टार फाइनान्सियल सोलुसन्स यूके र बल ड्रिभन, नेपाल फुड्स, गोर्खा कन्स्ट्रक्सन, हेज नेपाली सेन्टर एवं शिलाज् किचनले सह-प्रायोजन गरेका थिए ।
नेपाल बास्केटबल यूके अध्यक्ष रूपक गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रम सृजना गुरुङले सञ्चालन गरेकी थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५