शनिबार, कार्तिक १०, २०८१
18:29 | २३:१४

बहालवाला मुख्यसचिव नै भ्रष्टाचार मुद्दामा, ३८ करोड ६७ लाख विगो दावी

नेपाली लिङ्क जुन २३, २०२४

काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता गरेको आरोपमा अख्तियारले मुख्यसचिव अर्याल, अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव रितेश कुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डेसहित ठेकेदार कम्पनीका प्रतिनिधिलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।

आयोगले मुख्य सचिव, सहसचिव अतिरिक्त सुरक्षण मुद्रण विभागका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालय लाजिम्पाटका तत्कालिन निर्देशक गणेश विक्रम शाही, तत्कालीन शाखा अधिकृत रविन्द्र पौडेल, राष्टिय सुचना प्रविधि केन्द्रका तत्कालिन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका लेखा अधिकृत विष्णु प्रसाद गौतम शाखा अधिकृत हरिवलम्भव घिमिरे र खरिद परामशर्ताविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनीहरुमाथि ३८ करोड ६७ लाख १७ हजार ६ सय ४१ विगो दावी गरिएको छ ।

मुख्यसचिव अर्याल निलम्बित

आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेसँगै मुख्यसचिव अर्याल निलम्बित भएका छन् । निजामती सेवा ऐन अनुसार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उनी स्वत निलम्बनमा परेका हुन् ।

मुख्यसचिव अर्याल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू