शनिबार, कार्तिक १०, २०८१
18:24 | २३:०९

राजदूत भागबन्डामा प्रमुख दलहरुबीच सहमति, को आउला बेलायत ?

नेपाली लिङ्क जुन २०, २०२४

लन्डन । नेपालका सत्तारुढ प्रमुख दलहरूले राजदूत भागबन्डा गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेबीच भागबण्डामा सहमति जुटेको जनाइएको छ ।

श्रोतका अनुसार एमालेले ८, रास्वपाले दुई र नेकपा माओवादी केन्द्रले एक देशको राजदूत पाउने सहमति बनेको छ । सत्ताधारी नेकपा (एकीकृत समाजवादी) लगायत भने भागवण्डामा छैनन् ।

गत २४ जेठमा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि नयां राजदूत नियुक्ति प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

अहिले बेलायतका लागि नेपाली राजदूत को आउला भन्ने कौतुहलता पनि बढेको छ । राजदूत ज्ञानचन्द्र आचार्य महिना दिनभित्र नेपाल फर्कने सम्भावना छ ।

एमालेले ८ वटा राजदूत भागबण्डामा पाएपछि बेलायतका लागि पनि एमाले निकट राजदूत नै आउने आकलन कतिपयले गरेका छन् ।

बेलायतका लागि २१ औं राजदूतको रुपमा आएर ८ महिना नपुग्दै फिर्ता बोलाइएका लोकदर्शन रेग्मी पुनः यहां आउन सक्ने अनुमान एकथरि एमाले कार्यकर्ताको छ ।

नेपाल सरकारका पूर्वमुख्यसचिव रेग्मीले मुख्यसचिव पदबाट राजीनामा दिएपछि मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि राजदूत सिफारिस गरेको थियो । रेग्मीले गृह र अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयका सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू