शनिबार, कार्तिक १०, २०८१
18:28 | २३:१३

बेलायतवासी शाहीद्वारा ‘र. ज. शाही फाउण्डेशन’ स्थापना, उद्घाटन स्वास्थ्य शिविरबाट

नेपाली लिङ्क जुन १९, २०२४

लन्डन- बेलायतमा बस्दै आएका युवा व्यवसायी एवम् समाजसेवी रजनजंग शाही ठकुरीले सामाजिक सेवाको उद्धेश्यले ‘र.ज. शाही फाउण्डेशन’ स्थापना गरेका छन् ।

उनले यही असार १५ गते तनुहंको दमौलीमा एक निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै फाउण्डेशनको उद्घाटन गर्ने भएका छन् ।

व्यास नगरपालिका १४ केशवटारस्थित केशवटार माविमा सञ्चालन हुने स्वास्थ्य शिविरबाट दक्षिणी दमौलीका करिब ५ सय स्थानीय लाभान्वित हुने शाहीको अपेक्षा छ ।

शिविरमा विशेषज्ञ डाक्टर, नर्ससहितका करिब २० जना स्वास्थ्यकर्मीले सेवा दिनेछन् ।

शिविरमा हाडजोर्नी तथा नशा, मुटुरोग, बालरोग, महिला तथा स्त्रीरोगलगायतका सबै खालका स्वास्थ्य समस्यामा सम्बन्धित क्षेत्रका विशेषज्ञ डाक्टरहरुबाटै चेकजाँचसहित परामर्श दिइनेछ। साथै निशुल्क औषधि र ब्लड प्रेसर जांच पनि गराइनेछ ।

फाउण्डेशन संस्थापक शाहीले स्वास्थ्य शिविरका लागि सहयोग गर्ने फिसटेल अस्पताल पोखरा र व्यास नगरपालिका तथा १४ नं वडालाई धन्यवाद दिएका छन् । साथै शिविरमा आएर लाभ उठाउन स्थानीय सबैलाई आग्रह गरेका छन् ।

‘र. ज. शाही फाउण्डेशन’ का संस्थापक शाहीले यसअघि व्यक्तिगत रुपमै सामाजिक कामहरु गर्दै आएका थिए ।

उनले विगतमा गृहजिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद, वृद्धाश्रम लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

फाउण्डेशन स्थापनापछि आफ्ना सामाजिक अभियानहरु सञ्चालन गर्न थप सहज र प्रभावकारी बन्ने आशा शाहीको छ ।

उनले फाउण्डेशनमार्फत् भविष्यमा नेपालमा स्कुल तथा अस्पताल निर्माणसम्मको लक्ष्य बनाएका छन् ।

तनहुं दमौलीका शाही करिब दुई दशकदेखि बेलायतमा बसेर व्यवसाय गर्दै आएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू