शनिबार, कार्तिक १०, २०८१
18:36 | २३:२१

बेलायतवासी साहित्यकार शान्तिको नयां कृति सार्वजनिक

नेपाली लिङ्क जुन १६, २०२४

लन्डन । बेलायतवासी साहित्यकार शान्ति लिम्बुको नयां कृति सार्वजनिक भएको छ। लिम्बुको ‘कस्तुरी यात्रा’ शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

बेलायतको फार्नबोरोस्थित सामुयल कोडी स्कुल हलमा आयोजित पाँचथर समाज सेवा यूकेको १५ औं वार्षिक भेलामा नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले कृति लोकार्पण गरे ।

‘कस्तुरी यात्रा’ हाइकु, मुक्तक र गीतहरुको संयुक्त संग्रह हो । कस्तुरी यात्रामा सयवटा हाइकु, ३० वटा मुक्तक र २० वटा गीत संग्रहित छन् ।

समारोहमा याक्थुङ लिम्बु परम्पराअनुसार च्याब्रुङ बजाएर केलाङ नाच्दै कस्तुी यात्रा लोकार्पण गरिएको थियो । कृति ओयाम सरोकार समाज काठमाडौंले प्रकाशन गरेको हो ।

करिब दुई दशकयता साहित्य लेखनमा सक्रिय शान्तिको ‘मिलिजुली’ उपन्यासपछि ‘कस्तुरी यात्रा’ दोश्रो कृतिका रुपमा पाठकमाझ आएको छ ।

प्रत्येक दिन हजारौं नेपाली युवा–युवती देश छाडेर विदेशतिर उड्दै छन् । विकसित देशका मानिसहरु चन्द्रमा हुँदै अन्य ग्रहको खोजमा यात्रा गर्दैछन् । कस्तुरी झैं जीवनको खोजमा हरेक व्यक्ति यात्रामा छन् । तिनै बुझाइ र भोगाइहरुको संगालो हो ‘कस्तुरी यात्रा’ ।

अनेकौं सम्भावना खोज्दै प्रकृतिसंग नजिक रहेर जीवन र जगतलाई बुझ्ने यात्राको अनुभूति लेखिका शान्तिको लेखकीय मनोविज्ञान र दर्शन हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू